रास्वपाले बुझायो पोखरा महानगरलाई ४ बुँदे ध्यानाकर्षण पत्र
पाेखरा | फागुन २१, २०८०
पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टीले पोखरा महानगरपालिकामा ४ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । रास्वपाका सार्वजनिक मामिला विभागका सदस्य उत्तम पौडेललेको नेतृत्वमा महानगरपालिकाका मेयर धनराज आचार्यलाई ४ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।

ध्यानाकर्षण पत्रमा सार्वजनिक सम्पत्तिको खोजी गरी महानगरको स्वामित्वमा ल्याएर संरक्षण गर्न, अवैध अतिक्रमण र भोगचलन गरिएको भए ति ठाउँमा सार्वजनिक पहुँच विस्तार र व्यवसायिक प्रयोजनमा लगाउँदा प्रतिस्पर्धाका आधारमा कर तथा भाडाको दायरामा ल्याउन आग्रह गरेको छ ।
यस्तै पोखरालाई ‘ग्रिन सिटी’का रुपमा विकास गर्न भन्दै महानगरले अव बन्ने सबै भवन÷संरचनामा हरियो रङ लगाउने नीति ल्याएको भन्ने विषयमा सञ्चार माध्यममा आएका हुँदा यसको सत्यतामा स्पष्ट पार्न ध्यानाकर्षण बुझाएको उल्लेख गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय सार्वजनिक मामिला विभागका सदस्य पौडेलको नेतृत्वमा प्रदेश महामन्त्री नविन त्रिपाठी, रास्वपा क्षेत्रीय सभापति लगायतको उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाएको हो ।
पोखरामा जारी २५ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा बुधबार भएको खेलमा जावलाखेल युवा क्लब विजयी भएको छ । पोखरा रंगशालामा भएको प्रिक्वाटरफाइनलमा जावलाखेलले मछिन्द्र फुटबल क्लबलाई २–० गोल...
पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा सेमिफाइनल समिकरण पूरा भएको छ । बुद्धटोल युवा क्लबको आयोजनामा जारी प्रतिय...
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नीति, पद्धति, प्रविधि र प्रवृत्तिगत सुधारका प्रयासलाई प्रभावकारी बनाएर अनुशासन र सदाचार प्रणालीको विकास गर्नु आजको आवश्यकता रहेको बताउनुभएको छ । अख्तियार द...

